जिपी कोइराला अध्ययन केन्द्र जाजरकोट को अध्यक्षमा, विद्यार्थी नेता कार्की चयन ! 

जाजरकोट । नेपाली कांग्रेस निकट – जिपी कोइराला अध्ययन केन्द्र ( गिरिजा प्रसाद कोइराला ) जाजरकोटको अध्यक्षमा अनिशकुमार कार्की चयन भएका छन् ।

नेपाल विद्यार्थी संघ जाजरकोटको विद्यार्थी राजनितीमा सक्रिय रहेका कार्कीलाई – लोकतान्त्रीक आन्दोलनका युग पुरुषका रुपमा चिनिएका नेपाली कांग्रेस पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा उनलाई चयन गरिएको हो । 

कोइरालाले सुरु गरेका सहमति, सहकार्य र एकताको मार्गबाट मात्र शान्ति र सम्वृद्धिको लक्ष्य पूरा गर्न विस्थापित भएको अध्ययन केन्द्रले सबै प्रदेश र सबै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै गर्दा जाजरकोट अध्यक्ष मा कार्की लाई चयन गरिएको हो ।

जिल्लाका सबै अग्रज विद्यार्थी नेता, पार्टीका नेता, लगायत सबै संगठनसँग सल्लाह सुझाव लिएर कार्यसमितिलाई पूर्णता दिदै गिरिजाप्रसाद कोइरालाको विचारलाई जनस्तरसम्म पुर्याउन आफू प्रतिवद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्की को भनाई रहेको छ ।