भालुको आक्रमणबाट घाइते भएकालाई युवाको आर्थिक सहयोग

जुम्ला – जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका ३ गज्र्याङ्गकोटका प्रेम रावल लाई गत शनिवार भालुले आक्रमण गरेपछि गम्भिर घाइते भएका छन् । घाइते रावलको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा उपचार भैरहेको छ । उनको उपचारको लागि गुठिचौर गाउंपालिकाका स्थानीय युवाहरुले आर्थिक संकलन गरेर सहयोग गरेका छन् ।

नेपाली कांग्रेस गुठिचौरका इकाइ सभापति अुर्जन महतारा र स्थानीय दानबहादुर बुढाको सक्रियतामा संकलन गरिएको ३५ हजार एक सय रुपैया घाइतेको परिवारलाई हस्तान्त्रण गरिएको छ ।  शनिवार वनमा निगाला लिन गएको बेला भालुले आक्रमण गरि सक्त घाइते भएका रावलको घरको आर्थिक अवस्था कम्जोर भएकाले स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।

स्थानीय युवा दानबहादुर बुढाको विशेष पहलमा घाइते रावलकी पत्नी चन्द्रशिला रावललाई नगद ३५ हजार १ सय रुपैयाँ सहयोग गरिएको हो । सोमबार उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा पत्रकार सम्मेलन गरी घाइते रावलकि पत्निलाई नगद रकम सहयोग गरिएको हो । जीवन मरणको अवस्थामा रहेका रावलको जीवन रक्षाको लागि सबैबाट सहयोग मागेर आर्थिक जुटाइएको स्थानिय बदानबहादुर बुढाले वताए ।