नेकपालाई थाती, कांग्रेस लाई माथी , कुशेमा वडासदस्य सहित १३ जना प्रवेश !

खलंगा ,०७ असोज । जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) लाई थाती राखी ,नेपाली कांग्रेस मा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेका छन् ।

 

“बुधबार जिल्ला को कुशे गाउँपालिका ६ का वडासदस्य भक्तबहादुर सिंह सहित १३ जनाले नेका,प्रवेश गरेका छन् । नेकपा त्यागेका वडा सदस्य सिंह माओवादी केन्द्रद्वारा जनविश्वास बाट विजय भएका थिए ।

राजनीतिक परिवर्तनका नामक नेकपाले बैशाखी मात्र बनाएको प्रवेशीहरुको भनाई रहेको छ ।

प्रवेश गर्नेहरूलाई आफ्नो पार्टी मा स्वागत गर्दै, युवा हरुको राजनीतिको खोल ओर्ने हरूलाई मात्र होइन, सिङ्गो कुशे गाउँपालिका समृद्धिको बाटोमा लैजान, महतत्वपूर्ण भूमिका रहने गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत ले बताए ।

 

केही महिना अघि कार्यकर्ता भेटघाट कार्यक्रम मा पनि नेकपा एमाले लाई थाती राखेर वडा नं ५ का वडासदस्य हेमन्त जैसी सहित २५ जना नेका प्रवेश गरेका थिए । अहिले पनि प्रवेश गर्नेको संख्या बढ्दो क्रममा रहेको छ ।

यतिबेला कुशेमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण तथा संघ लाई सुदृढीकरण अभियानलाई निरन्तरता दिइएको छ ।