सोती हत्याकाण्ड : सुर्खेतमा फेरी आन्दोलन ? न्याय पाउन अन्योल !

घट्नामा जनार्दनको ठुलो राजनीति

सुर्खेत, ८ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नबराज हत्याकाण्डका दोषीलाई कारवाही को माग गर्दै आन्दोलन गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा वीरेन्द्रनगर नगरपालिका ६ देखि थालनी गरेको आन्दोलन उच्चअदालत सुर्खेतको मुलढोका सम्म गरिएको हो ।

“गत जेठ महिनाको १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि साथीहरु लिएर भगाउन गएका जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नबराज विक लगायत उनका ५ जनासाथीहरुलाई साेतीका गाउँलेहरुले घरेलु हातहतियारको प्रयोग गरी क्रूरता पूर्वक हत्या गरिएको थियो ।

उक्त हत्याकाण्ड को मुद्दा उच्चअदालत सुर्खेत सम्म पुगेको छ । यता अदालतमा मुद्दा विषयक बहस भइरहेको छ । बहसमा दोषी ठानिएका वडाध्यक्ष लगायत पूर्व गृहमन्त्री जनार्दन शर्माका नातेदाहरु लाई बचाउने खेल रचेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति आन्दोलनमा उत्रिएको दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारले बताए ।

यता पीडितहरु न्यायको लागि उच्च अदालत सुर्खेत सम्म पुगेका छन् । न्याय पाउने या नपाउने उनीहरू अन्योलमा रहेका छन् ।

 

यता हत्याकाण्ड को नाइके वडाध्यक्ष डम्बरबहादुर मल्ल पूर्व गृहमन्त्री शर्मा का आफन्तलाई जोगाउ अभियान चलिरहेको दलित अधिकरकर्मी सरु सुनार ले बताइन् । उनले भनिन् दोषीलाई कानूनको तराजुमा न्याय नभए, कारवाहीको दाहेरामा नल्याए अब युद्ध सुरु हुने अधिकारकर्मी सुनारको भनाई रहेको छ ।

पीडितहरु कानूनको दाह्रा पछि दौडिरहेका छन् । कानुनले न्याय दिन्छकी भन्ने आशामा परेका छन् । अर्कातिर न्यायलय मन्त्री देखि सांसदहरुले हत्याकाण्ड पुष्टि भएपनि दबाउ प्रबृत्ति चलाएका छन । न्याय र दबाउ अन्योलमा रहेको छ ।