युवा संरक्षण मञ्चद्वारा,क्वारेन्टाइनमा स्वास्थ्य सामग्री !

जाजरकोट । भेरी नगरपालिका ३ थाप्ले स्थित त्रिभुवन माध्यामिक विद्यालय को क्वारेन्टाइन रहेकालाई पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनद्वाराले स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

स्वास्थ्य सामग्री – क्वारेन्टाइनमा रहेका १९ जनालाई सरसफाई किट, जसमा थर्मामिटर १९ वटा,२६६ मास्क,२६६ ग्लाेबस,१९ वट स्यानिटाईजर, लगायत का स्वास्थ्य सामग्री वितरण गरेको पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट का कार्यकारी अधिकृत छवि पन्तले बताए ।

उनले भने, विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सबैको जनजीवन प्रभावित बनाएको छ । यसबाट सुरक्षित रहन क्वारेन्टाइनमा बसेकाहरुलाई केहीदिन का भएपनि स्वास्थ्य सामग्रीले सघाउ पुर्याउने उनको भनाई रहेको छ ।

कोरोनालाई सजिलै प्रतिकारगर्न कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिदल, समाजसेवी, बुद्धी जीवी, सबैले आ- आफ्नो स्थानबाट सहयोग गर्न आवश्यक रहेको छ युवा संरक्षण मञ्च को भनाई रहेको छ ।