जातिय बिभेदको उदाङ्गो दाम्लो ! 

रुकुम साती नरसंहार !

जातिय बिभेदका नरसंहार घटनाहरु नेपालमा अहिले बढ्दो क्रममा रहेका छन । छुवाछुत घोषणा भएको करिब २ दशक बित्यो । उक्त दशकहरु,बिभेद मुक्तको खोलका भएका छन । नेपालको संबिधान २०७२ ले जातिय बिभेदलाई अन्तय र समानताका कुरात गरेकै छ । बिडम्बना उल्लेख अनि समता भएको छैन । सम्बन्धित ऐन,कानुन कार्यान्वयन हुना सकेको छैन ।

यता नेपालमा वर्गीय युद्ध छेडिएको दशकौ भयो । जातीय विभेद अन्त्यका लागि कानुन बनाएको पनि बर्षौ बर्ष भयो । समाजमा सबै किसीमका जातीय छुवाछुत तथा भेदभावको अन्त्यका लागि कानुन निर्माण भएर कार्यान्वयनका कुरा शुरु भएको पनि बर्षौ भयो । तर छुवाछुत ज्यु का त्युँ रहेको छ । बिडम्बना छुवाछुत तथा जातिय भेदभाब निम्त्याउनेहरु कहिल्यै कानुनी कठघरामा उभिन सकेनन् ।

 

बिभेद भित्रको पत्रकारिता 

पत्रकारितालाई समाजको ऐना भनिन्छ । पत्रकारिताले गर्दा नै एकठाउँको जातीय बिभेद र छुवाछुतका घटना क्षणभरमै विश्वभरी पुग्छन । तर अपसोच जातीय विभेदमा परेका दलित समुदायहरुका नरसंहार घटनाहरुले कहिल्यै पनि न्याय पाएनन् । सरकारले उल्टै दोषीहरुलाई कारबाही भन्दा खादाले सम्मान गरी बचाउँ अभियान चलाई रहेको छ ।

रुकुम साती नरसंहार र पत्रकार !

उदाहरणको रुपमा ज्वलन्त घटना छ । अहिले उच्च अदालत कर्णाली प्रदेशको राजधानी सुर्खेत सम्म पुगेको रुकुम पश्चिमको सोतीमा भएको दर्दनाक घटना । प्रेम गरेकै भरमा नवराज विकसहित ६ जनाको ज्यान लिने घटना कारुणिक मात्रै होइन, नेपाली समाजको तितो यतार्थ पनि हो । तर जातीय विभेदका घटनामा राज्य कहिल्यै गम्भिर भएन । जुन दृश्य हामीले रुकुम पश्चिममा देख्यौ ।

जातीय बिभेदको नरसंहारका रुपमा उब्जिएको घटनालाई पूर्वगृहमन्त्री तथा प्रतिनिधी सभासदस्य जनार्दन शर्माले लुकाउने प्रयास गरे । त्यसविरुद्ध,हामीले कलम उठायौ । तर त्यो भ्रम छरियो भने । हामीले उठाएको कलम थाकेको थिएन र छैनपनी ।

हाम्रो एक स्वतन्त्र पत्रकारिताको कलमको मसी सकिएको छैन । मसी सुक्ला तर हामी फेरि आलो मसीले घटनाका पर्दा पछाडीका पात्रका बारेमा लेखि रहयौ । तर मैले समाजको नेतृत्व तहमा बसेकाहरुको मानसिकता बुझ्न सकिन । सत्यको पक्षमा समाचार लेख्दा त्यो भ्रम भनिन्छ । गाउँका ठूलाबडाले गरेको कामको बारेमा समाचार लेख्दा त्यसको प्रशंसा गरिन्छ । त्यही ठूलाबडाको काममा भएको अनियमितताबारे समाचार लेख्दा गलत, झुटो र खान नपाएको आरोप लाग्छ ।

पत्रकारिता एक इमान्दार पेशा हो । यसमा इमान्दारिता र सत्य पहिलो शर्त हुन । बाँकी सबै तपशिलका कुरा मात्र । तर समाजका जति पनि विषयमा हामी पत्रकारले कमल चलायौ । तर त्यो मेरो दलित समुदायको वर्गका लागि कहिल्यै भएन । ब्यक्ती र पार्टीकारिता मात्र भयो । त्यसैमा उब्जिएका हजारौ प्रश्न आरोप मात्र थालनी भयो ।

बिडम्बना : रुकुम घटना जो मेरो आँखै अगाडी ताजै बनेर आयो । मृत्तक र मृत्तकका आफन्तका बारेमा धेरै पटक रिर्पोटिंग गरे र गर्नुपनी मेरो बाध्यता रहेको थियो । उनीहरुको वास्तविकता मैले विभिन्न मिडियामा पुर्याए बिषयतय कर्णाली खबर डटकमबाट छापिएका थिए । तर पनि यसले शासकवर्गलाई छोएन ।

उल्टै संघीय संसदमै रुकुम पश्चिमका जनप्रतिनिधि तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले घटनाको खुलेआम ढाकछोप गर्न खोज्दा मैले मेरो कलमको निम भाचिएको महसुस गरेको थिए । जातिय बिभेदको देशभरीको जल्दोबल्दो घटनाको सबै अपडेट कर्णाली खबर डटकम मार्फत दिनौ दिन घटनाका बारेमा छ्याप्छ्याप्ती आइसक्दा पनि कसरी एउटा नेताले ढाकछोप गर्न सक्छ ? अनि कसरी जनताले पत्याउँछन ? प्रश्न गम्भिर छ । कर्णाली खबरलाई बल्कको ढोकामा राखियो ।

रुकुम घटनाको प्रत्यक्ष रिर्पोटिंंग गरिरहदा विभिन्न व्यक्ति, परिस्थिती र वास्तविकतासँग जुध्नुपर्यो । फोनमा धेरैले प्रभावमा पार्न खोजे । केहीले सहयोग गरे । प्रोत्साहन दिए । तर राजनीतिक पेशाका व्यक्तिहरुले भने रिरुत्साहित पार्न प्रयास गरिरहे । तर मेरो आग्रह, वास्तविकता बुझ्नुस । जातीय कारण देखाएर समुदायमाथि दलन गर्न छाड्नुस ।

 

‘चेतनाको कमी कि मानसिकताको उपज ?

माओवादीले मुक्तिको घोषणा ठान्ने १० बर्षे सशस्त्र द्धन्द्धको पहिलो शहीद थिए, दिलबहादुर रम्तेल । जो प्रहरीको गोली लागेर मारिएका थिए । कलिलै उमेरमा उनले जनयुद्धका नाममा छातीमा गोली थाप्दा माओवादीले वर्गसंघर्षको बलिदानी ठान्यो । दलित समुदायका रम्तेल पहिलो शहीद गनिदा आज माओवादी आन्दोलनमा दलित समुदायका कति जनाले शहादत प्राप्त गरे ? त्यसको लेखाजोखा छैन ।

नेपालमा जातीय विभेदको मुद्दामा थुप्रै बहस भयो । जातीय छुवाछुत कहिले अन्त्य हुन्छ ? भन्दा धेरैको उत्तर हुन्छ, बिस्तारै । अर्थात चेतना बढ्दै गएपछि जातीय विभेदको अन्त्य हुन्छ । जातीय विभेदको अन्त्य होला नहोला । त्यो यस्तो मानिसकता राख्नेको सोचमा पहिले अन्त्य हुन जरुरी छ ।

विभेद मानसिकतामा हावी छ भने कसरी समाजमा विभेद अन्त्य हुन सक्छ ? कसैलाई प्रेम गरेकै भरमा मानिसलाई मारेर फालिदिने मानसिकता पालेकाहरुलाई कसरी विभेद अन्त्यको प्रतिमूर्ति ठान्न सकिएला ? यसको जवाफ पाउन मुश्किल छ ।

रुकुम घटनामा पनि यही नियती दोहोरिएको छ । बाहिर जातीय विभेदको ठूल्ठूला कुरा गर्ने तर भित्र दलित युवालाई मार्न जाल रच्नेहरुबाट विभेद अन्त्यको मुक्तिको आश गर्नु बेकार हुन्छ । यसर्थ अब मेरो कलम जातीय विभेदको मुक्ति र समाजमा भएका बिभिन्न बिभेदका लागि चल्नेछ । यात्रा गरिरहदा,कहिले यात्रा पनि सकिन्छ । जुनदिन यात्रा सकिन्छ । त्यो दिन मुक्तीका थुप्रै छुवाछुतका बैशाखीहरु समेत सकिना सक्छन ।

मैले जति पनि यो समाजका लागि पत्रकारिता सिक्दै र गर्दैछु । सकी नसकी समाचार लेख्ने कोसिस गरिरहेको छु । अब मैले समाजको वर्गको मुक्तिका लागि कलम चलाउने कोसिस गर्नेछु । मैले जबसम्म दलित वर्गको जातीय मुक्तिको आभास पाउदिन । तबसम्म मेरो कलम समाजकै लागी चलिरहनेछ ।

यसबीचमा जति अवरोध आओस, जति आरोप लागोस, जति प्रलोभन देखाइयोस, हातै बाध्न खोजेपनि, मेरा बिभिन्न समस्याहरुका बिषयकमा पनी वर्गीय विभेदको मुक्तिका विरुद्ध मेरो कलम चलाउँने प्रयत्न गर्ने छु ।

जनार्दनको क्रान्तिकारी खोल – साती हत्याकाण्ड !  

एउटा बिभेद बिरुद्धको अन्त्यको आश गर्ने र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सफल पुर्बगृहमन्त्री जनार्दन शर्मालाई धेरै दलित नेता तथा कार्यकर्ताहरुले उनको आदर्शलाई ब्याख्य गर्थे । नबराज हत्याकाण्डले खुलियाम रुपमा हजारौ आदर्शका दलित नेताहरुमाथी गतीलो झापड हानिदियो । कार्यकर्ताको आदर्शमा जनार्दनको परिवार र नातावादले हिलो छ्यापिदिएको सबैमा अबगत नै छ ।

आदर्श जिवित छ । 

उनलाई सोमबार बेलुकीसम्म सामाजिक सञ्जालमा घटनाको छानबिन र दोषीलाई हुनुपर्ने माग गर्दासम्म त्यो आदर्श जिवित थियो । जो परिवार र नातावादले हिलो छापिएको । अझै उनका आदर्शका पत्रकार,अधिकारकर्मीहरुले डरले बोल्न समेत सकेनन् । अनि पछी आएर भाषणमा चर्का कुरा गर्छन ।

कांग्रेसको संसद,र जाजरकोटका सांसद बस्नेतको भुमिका 

घटनाको जल्दोबल्दो बेलामा जेठ १३ गते मंगलबार संसद बैठकमा दलितकै कारण रुकुम घटना भएको हो भनेर एकपक्षीय ठोष विवरण दिदै तथ्य नै तोडमोड गरेपछि नेपाली कांग्रेसका सांसदले विरोध गरेका थिए ।

नेपाली कांग्रेस युवा सांसद प्रकाश रसाइलीले जाजरकोटका सांसद तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सोती घटनालाई दबाउन लागिरहेको संसद बैठकमै पोल खोलिपछी उनीहरुलाई मुखमा मुवालो लाउना बाहेकअरु केही थिएन । बिडम्बना अझै हत्या गरेका होईनन् भन्दै संसदमै चर्का चर्की परेको छ । बिस्तार दिनौ दिनसम्म उहीं स्थानमा धारिलो हतिहारका घाउँ सहित युवाहरुको शब भेटिदै जान्छ । तर आफै रुकुम पश्चिमका सांसद शर्माले ढुबेर मरेका हुन भनि रहेका छन । जाजरकोटका सांसद बस्नेत भने महोन भएका छन ।

एउटै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखबाट लिएको सुचना संसदमा गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वगृहमन्त्री जनार्दन शर्मा र सांसद रसाइलीबाट फरक फरक गरी प्रस्तुत भएको थियो ।

जसले घटना झन रहस्यमय हुन पुग्यो । लामो समय कुटपिट गरेर, धारिलो हातहतियार प्रयोग गरेर, आँखा, मुख र टाउकोमा गहिरो चोट लगाएर मरणासन्न अवस्थामा भेरीमा फ्याँकेका ६ जना युवाको आत्माले सबैभन्दा बढी जनार्दन शर्मालाई पिरोलेको भएपनि उनलाई यसको प्रवाह छैन । चिन्ता छ त केवल आफ्ना भाई र भारदारहरुको मात्रै ।

रुकुमको चौरजहारीबाट विद्रोहीको झण्डा बोकेर जनार्दन शर्माले १० बर्षे माओवादी जनयुद्ध लडे । दलितका छोरालाई छातीमा गोली थाप्न लगाए । तर आज त्यही बन्दुकको नालबाट आएको परिवर्तनमा जनार्दन शर्मा जातीय छुवाछुतको पक्षमा उभिए । यसले जनार्दनको राष्ट्रिय राजनीतिको हाइट मात्रै घटेको छैन, अब दलित समुदायको प्रतिनिधित्व गर्ने र निमुखालाई न्याय दिने अवसर पनि गुमेको छ ।

नेपालको ईतिहासमा जातिय बिभेद !

नेपाल ईतिहासमा जातिय बिभेदको सुरुवाती १९१० मा तल्कालिन श्री ३ को राज्यकोपालामा राणा प्रधानमन्त्री तथा महाराज भनिने जंगबहादुर राणाको मुलुकी ऐन र काुननीपाठहरुबाटै सुरुवाती भएको देखिन्छ । तल्कालिन उनको कार्यकाल बि.स.१९०३ असोज ०२ गते देखि बि.स १९१३ साउन १७ सम्म रहेको थियो । करिब त्यतिबेला एक दशक आफुले राज गर्न पाएका थिए । जंगबहादुरकै पालामा छुवाछुतको दाम्लोमा बाधिए अनि दलित बनाए । त्यसैको परिणाम जातिय बिभेदका नरसंहार घटनाहरु बढ्दो क्रममा रहेका छन ।

बैशाखी ओडिरहको आन्दोलन ! 

छुवाछुत भेदभाव,नेपालको संबिधान कार्ययोजना अनुसार बि.स २०६३ साल जेठ १६ गते हाम्रो देशमा जातिय बिभेद मुक्त घोषणा भयो । यस भन्दा अघि नेपाली ईतिहासमा ठुला ठुला राजनैतिक आन्दोलन पनि भए ।

तर नरसंहार घटनाहरु अन्तय हुन सकिरहेका छैनन् । २००७ सालको आन्दोलन देखि २०६२÷६३ को दश बर्षको जनआन्दोलन होस अहिले सम्म आउँदा सबै बैशाखी मात्र बन्दै मात्र बनेको देखिन्छ ।

आन्दोलनमा अगुवा भएर हिड्ने त्यही दलितको छोरा,छोरी हुन्छ बिडम्बना कुर्सी तान्नतुन्न गर्ने भनेका तिनै सुकिला मुकिला, शामन्तीका सन्तानहरु नै हुन्छन । देशको निम्ती छातीमा सिधा गोली थाप्ने सहिद दिलबहादुर रम्तेल,बिभेद अन्त्यको लागी लक्ष्मी परिययार लगायत कयौ दलितहरुका सन्तानहरुले ज्यान बलिदान दिएका छन ।

तर मुक्तीका खा्ेलहरु ओडेकाहरुले परिर्वतन ल्याउन भने सकिएका छैनन् अझै सत्ता पहुँच र पावरमा बस्नेहरुले चियागफमा पनी मर्यो को मर्यो त्यहीं कामी,दमाई,सार्कीको छोरा त मर्यो भन्ने गर्दछन ।

जब सम्म मानिसको चेतनाको आन्दोलन हुदैनन् । चेतनाको बिकास हुदैनन् । तब सम्म जातिय बिभेद अन्त्यका कल्पनात्मक मात्र हुने छन । यता नरसंहार घटनाहरु ज्युँ का त्यूँ रहने छ । यो देशका लाखौ दलितहरु घटना देखी बिभेदरत भईरहने छ । गैरदलित बुद्धिजीवीहरुले बुझनै पर्ने कुरा जातिय बिभेद छुवाछुत भनेको एक समाजिक अपराध हो । यो एक निन्दनीय छ । अनि मात्र बिकास र निकासको समाज निर्माण हुना सक्दछ ।

लेखक : लोकेन्द्र बिश्वकर्मा

क्रियाशिल दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश कोषाध्यक्ष