कोरोना जितेर डिस्चार्ज ,समाचार संयोजक जोशी !

काठमाडौं २६,असोज । प्राइम टाइम्स टेलिभिजनमा जिल्ला समाचार संयोजकका रुपमा कार्यरत राधिका जोशीले कोरोना जितेर फर्केकी छन ।

ज्वरो र रुघाखोकीले उनलाई च्यापेपछी काठमाण्डौको सिभिल अस्पतालमा भर्ना भएकी जोशीको असोज ११ गते पिसीआर विधिबाट स्वाब संकलन गरिएको थियो । उक्त स्वाबको रिर्पाट भने पोजेटिभ देखिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछी उनलाई आइशोलेसनका लागी ललितपुरको सानेपास्थित मेघा अस्पतालमा राखिएको थियो । आइशोलेसनमा करिव १३ दिनपछी फेरी उनको स्वाब संकलन गरियो ।

उक्त स्वाब संकलनमा रिपोर्ट भने नेगेटिभ आएपछी उनलाई डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालको श्रोतले जनाएको छ ।

उक्त श्रोतका अनुसार समाचार संयोजक जोशीको स्वास्थ्य अबस्था भने निकै सामान्य रहदा डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएपनी १०÷१५ दिनभने घरमा सुरक्षित रहनु पर्ने बिज्ञ चिकित्सकको भनाई रहेको छ ।

कोरोना जितेकी जोशीले भने बिश्वकै जनजीवन प्रभाबित भएको छ । हामीले पनि स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोनाबाट सजिलै बिजयी हुने उनको भनाई रहेको छ । यता जोशी मिडिया नेपालकी कोषाध्यक्ष समेत रहेकी छन ।