बिभेदकारी परिवारलाई बुहारीको मुद्दा

दलित भित्रको जातीय विभेद र छुवाछूत जहाँ आफ्नो परियार थरको बुहारीलाई आफ्नो ससुराको काजकिरियामा संगै परिवारसंग नराखे पछि घटना बाहिर आएको थियोे । उक्त घटनामा कोपिला बर्देवाले आफ्नो श्रीमान, जेठाजु लगाएत सबै ६ जनाको परिवारलाई आफुलाइ परिवारले दमिनी भनी स्वीकार नगरेको र सानोजात भनी ससुराको काजकिरियामा समेत घरमा काजकिरिया गर्न नदिएको र  आफुमाथी जातीय विभेद भएको भनी जातीय भेदभाव तथा छुवाछूत कसुर अन्तर्गत पीडित कोपिला बर्देवा बाट जाहेरी दर्खास्त दिन पीडितलाई  निरु परियार , रन्जित परियार ,हुकुम नेपाली ,जुनु महरा , हरि पोखरेल सहितको  टिमले सहयोग गरि ईलाका प्रहरी कार्यलय उर्लाबारीमा जातीय विभेद तथा कसुर र सजाय ऐन २०६८ अन्तर्गत हुने गरि मुद्दा दर्ता गरेको दिपक चैतन्यले मयूरपाटी डिजिटल पत्रीकालाई जानकारी दिए ।  जातीय विभेद गर्ने, आफ्नै परिवारलाई बुहारीले हालिन् छुवाछूतको मुद्दा

यसरी भएको थियो विभेदको घटना  !                          

मोरङको उर्लाबारीमा दलित समुदायभित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई  काजकिरिया गर्नबाट रोक लगाएका थिए  । दश वर्षअघि विश्वकर्मा थरका पुरुषसँग विवाह गरेकी उर्लाबारी नगरपालिका– २ सुनझोडा माइती भएकी ३० वर्षीया कोपिला बर्देवा (परियार) श्रीमानको परिवारले  स्वीकार नगरेपछि अलग्गै घरमा बसेर ससुराको काजकिरिया बसेको समाचार बाहिर आएको थियो  ।    received_2421689151459995.jpeg

उर्लाबारी नगरपालिका– ४ आइतबारेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रीय सदस्य ७० वर्षीय भीमराज गहतराजको १३ कात्तिकमा मृत्यु भएको थियो । गहतराजको मृत्युपछि उनका चार भाइ छोरा, बुहारीहरू र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन् । तर, कान्छो छोरा दिवस गहतराज (३६) की कान्छी श्रीमती कोपिला बर्देवा (३०) लाई चाहिँ उनीहरूले सानो जातको भन्दै अभद्र व्यवहार गर्दै घरभित्र छिर्न दिएनन् । ससुराको काजकिरिया गर्न मूलघर पुगेकी कान्छी बुहारी कोपिलालाई परिवारले अभद्र व्यवहार गरेपछि उनी बक्राहा खोला किनारको अलग्गै घरमा एक्लै बसेर ससुराको काजकिरिया बारिरहेकी थिइन । ससुरा भीमराजले बुहारी स्वीकार गर्दै बक्राहा खोला किनारको घर बस्नका लागि वर्षौँअघि नै दिएका थिए । तर, राजनीतिक सक्रियता र समाजसेवाका लागि उनी उर्लाबारी नपा २ सुनझोडास्थित माइतमै बस्दै आएकी थिइन् ।  received_819065148913339.jpeg

ससुराको असामयिक निधन भएपछि कोपिला श्रीमानसँगै  काजकिरिया गर्न आइतबारेस्थित मूलघर पुगेकी थिइन् । तर, जेठाजु, सासू र जेठानीले अभद्र व्यवहार गर्दै ‘तँ को होस् हामी तँलाई चिन्दैनौँ’ भन्दै गालीगलौज र हातपात गर्दै काजकिरियाबाट वञ्चित गराएका थिए । स्नातक तहसम्म अध्ययन गरेकी कोपिला नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघ उर्लाबारी नगर कोषाध्यक्ष हुन् । उनलाई  काजकिरिया गर्नबाट वञ्चित गर्ने जेठाजु दिनेश गहतराज दलित संघ उर्लाबारीका नगर अध्यक्ष हुन् ।
जातीय छुवाछुत कसुर सजाय ऐन, २०६८ अनुसार कसैले पनि जात, वर्ण, पेसाका आधारमा कसैलाई पनि विभेद गर्न पाइँदैन । सार्वजनिक र निजी क्षेत्रमा मात्र नभएर सामाजिक र सांस्कृतिक कार्यमा जातीय विभेद र छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना अनि पीडितलाई बिगोअनुसारको क्षतिपूर्तिको व्यवस्था छ । भिमलाल गहतराजकाे मृत्य संस्कारमा निकृष्ट रूपमा देखियाे।जहाँ काेपिलालाई सयुक्त काज किरिया गर्न दिईएन।आजकाे समयमा समतामूलक समाज निमार्ण गर्न याे बिभेदकाे घटनाले उपहास गरेकाे छ।