तरुणदलद्धारा बाढी पीडितलाई खाद्यान्न सहयोग – बारेकोट

जाजरकोट – जिल्लाको उत्तरी भेगमा अबस्थित बारेकोट गाउँपालिकामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल दरुणदलले बाढी पीडितहरुलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार पार्टीको आर्थिक सहयोग, दरुणदल बारेकोटको पहलमा गाउँपालिका मार्फत बिभिन्न वडाहरुका, बाढी पहिरोबाट बिस्थापित भएका,बिहान बेलुका हातमुख जोड्नलाई संकट परेका स्थानीयहरुलाई खाद्यान्न सहयोग गरेको तरुणदल बारेकोटका अध्यक्ष दानबहादुर शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार – गत असार महिनाको भीषण बाढी पहिरोले बारेकोटीहरुको जनमनमा निकै समस्या तुल्याएको थियो । बाढी पहिरोबाट कयौं स्थानीयहरु टहरामा बिस्थापित भएका थिए । बिस्थापित भएका स्थानीयलाई खाद्यान्न संकट पर्दा तरुणदलको पहलमा ११५ प्याक चामल, गाउँपालिका मार्फत सहयोग गरेको छ ।

खाद्यान्न सहयोग कार्यक्रममा ,नेपाली कांग्रेस जाजरकोटका युवा नेता बेदराज सिंह,नेपाल दरुणदलका कार्यवाहक अध्यक्ष लोकेन्द्र थापा,दरुणदल जिल्ला सचिव हेमन्त सिंह ,नेपाल दलित संघ बारेकोट गाउँपालिका अध्यक्ष अबिनाश बिश्वकर्मा लगायतको टोलीले खाद्यान्न गाउँपालिका अध्यक्ष महेन्द्रबहादुुर शाहलाई बुझाएका थिए ।

तिहारले बेलपारीबाट मुस्की रहेको बेलामा खाद्यान्नको अभाव झेल्दै आएका बाढी पहिरोबाट बिस्थापित भएका पीडितहरुलाई कार्यपालिकाको बैठक गराई बितरण गर्ने गाउँपालिका अध्यक्ष शाहले बताए ।

अध्यक्ष शाहले भने – टहरामा बिस्थापित भएकाहरुलाई खाद्यान्न संकट परेको बेलामा सहयोग गर्ने,पहल गर्ने तरुणदल,नेपाली कांग्रेस पार्टीलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

यस अघि नेपाल दरुणदल बारेकोटले बाढी पहिरोमा राहत तथा उद्धारकार्यमा खटिदै आएको थियो । यतीबेला बिस्थापित भएका,बिहान बेलुका हातमुख जोड्न धौधौ भएकाहरुलाई खाद्यान्न सहयोग हो ।