दलित मुक्ति राष्ट्रिय अभियानको केन्द्रीय सदस्यमा जाजरकोटबाट नबराज चयन !

जातिय बिभेदका बिरुद्ध महाअभियान”

जाजरकोट – बषौ बर्ष बिभेदको चपेटामा परेका दलित समुदायको मुक्तिका लागी स्थापित दलित मुक्ति राष्ट्रिय अभियानको केन्द्रिय सदस्यका रुपमा जाजरकोटबाट नबराज सुनार चयन भएका छन ।
आइतबार दलित हकअधिकारका लागी “पहिचान सहितको बिशेष अधिकार,जातिय बिभेदका बिरुद्ध महाअभियान” नारा सहित दलित मुक्तिको राष्ट्रिय अभियानमा केन्द्रीय संयोजक बिजय घिमिरे बिश्वकर्मा,सह संयोजक डा.रामराजा मण्डल सहित ७७ वटै जिल्लाका प्रतिनिधि गर्ने गरि गठन भएको थियो । उक्त गठनमा जाजरकोट जिल्लाबाट नबराज सुनार चयन भएका हुन ।

बषौं बर्ष बिभेदको घेरामा रहेका दलित समुदाय न्यायको तराजुको लागी महाअभियान सुरु भएको समितीले जनाएको छ । बिभेदको सिकारमा रहेका बालबालिका,देशभरी दलित समुदाय माथी फैलिएकोे अत्याचारले सीमा नाघ्यो त्यसैले बुद्धिजीवी सबै राजनितीकदल नागरिक समाज,सबै संग सहकार्य गरी जातिय बिभेद तथा छुवाछुतलाई अन्त्य गर्नमा सक्रिय रहने दलित मुिक्त राष्ट्रिय अभियान को लक्ष रहेको छ ।