घाँस काट्ने चटारोमा बारेकोटका कृषक !

भीरचड्न बाध्य पशुबस्तु पाल्नकै लागी !

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकाका कृषकहरु घाँस काट्ने चटारोमा परेका छन । एका बिहानै घाँसको मेलापातमा हिडे्का बारेकोटका स्थानीयहरु – जब साझले भरीपुर्ण संकेत दिन्छ मेलापातबाट फर्किने गरेका छन । आफनो ज्यानलाई जोखिममा राखेर अग्ला अनि सुकिला भीर पहरहरुबाट घाँस काट्ने कृषकहरुको दैनिकी कार्तिकमा फरक रहेको छ ।

बषौ बर्ष पशुबस्तुमा रमाउँदै आएका बारेकोट – करुका, धुमा,ताँसी,लुवाग लगायतका किसानहरु बेलुकी घाँस खुथुर्की लगाएर घर फर्किन्छन । घाँस नकाट्दा हिउँदे महिनाहरुमा पशुबस्तु पाल्नमा निकै संकट पर्ने भएको स्थानीयको तिलकबहादुर कार्कीले बताए । उनले भने – आफनो ज्यानलाई जोखिम मल्दै पशुबस्तुका लागी भीरमा चड्न बाध्य भएका छौ । बारेकोटमा मात्र होईन यतीबेला जाजरकोटका माथिल्लो भेगहरुका कृषकहरु दशैं सकिए लगत्तै कार्तिकको काम,घाँस काट्नमा ब्यस्त रहेका छन ।

  • जोखिमपुुर्ण एक महिना !

यता बारेकोटका अधिकांश स्थानहरुमा भीरमा चडेर घाँस काट्ने क्रममा कयौंको ज्यान समेत जाने गरेको छ । गत असोज महिनाको २६ गते घाँस काट्न गएकी स्थानीय अप्सरा बि.कको लडेर ज्यान गएको थियो । बिहानबाट बेलुका सम्म भीरको घाँसे मेलामा दुःख कष्ट गर्दै आएका बारेकोट ६ का कृषकहरु करिव एक महिना घाँस काट्नै ब्यस्त भएका हुन्छन ।