कागजमा सिमित बारेकोटको भाडा दर, चरम भाडा असुल्दै यातायात ब्यवसायी !

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकामा संचालित यातायात ब्यवसायीहरुले सर्वसाधारणबाट चर्को भाडा असुल्दै आएको छ । गत कार्तिक २१ गते शुक्रबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह प्रमुख जिल्ला अधिकारी चेतराज बराल,केही यातायात ब्यवसायीहरुका प्रमुख संग बैठक गरी बारेकोटको भाडा दर कायमा गरिएको थियो । बिडम्बना बारेकोटीहरुलाई चालकले चर्को भाडा असुल्दै आएका छन ।
सम्बन्धित निकायहरुले कायम गरेको भाडादर कागजमा मात्र सिमित भएको छ ।

बारेकोट जावत केन्द्र कालीमाटी देखी गाउँपालिका प्रशासकिय केन्द्र सिम्सा सम्म पाँच सय भाडा दर कायम भएको थियो । एक यातायात व्यवसायीले,क्षमता भन्दा दोब्बर यात्रृ राख्दै ७ सय देखि माथी भाडा दर लिएको स्थानीयले जानकारी गराए । भाडादरमा सक्लाबाट लिम्सा सम्म एक सय कायम भएपनि चालकले २ सय तीर्न बाध्य बनाएको स्थानीय लोकेन्द्र बस्नेत बताए । सम्बन्धित निकायहरुको लापर्वाहीका कारण यातायात व्यवसायीहरुले चरम रुपमा भाडा असुली गर्दै आएका छन ।

भाडादर असुली गर्ने क्रममा शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कुशे यातायात प्रा.लि द्धारा संचालित को.१ज. ३६६९ नम्बरको गाडीको साचो समेत प्रशासकिय केन्द्र लिम्साबाट बरामत गरेको छ । जाजरकोटका एरिया नः २ का सेक्रेटरी निर्मम नेतृत्वको टोलीले सर्वसाधारणबाट चर्को भाडा असुली गर्ने क्रममा बरामत गरेको स्थानीयले बताए ।

स्थानीय निकायहरुका प्रमुख,सम्बन्धित निकायका अधिकारीहरुले निर्धारण गरेको भाडादर भन्दा उपर असुल्दै गरेपछी पार्टीले कारबाही गरेको सेक्रटरी निर्ममले जानकारी गराए । उनले भने १४ जनालाई जावत केन्द्र कालिमाटीबाट ५ सय लिने खण्डमा ७ सय भन्दा वढी लिएकोले बरामत गरेका हौ । सर्वसाधारणको भाडा फिर्ता गरेमा मात्र साचो चालकलाई हातपार्ने सेक्रेटरी निर्ममले फोन मार्फत जानकारी गराए ।

गाउँपालिका अध्यक्ष,प्रमुख जिल्ला अधिकारीकै नेतृत्वको टोलीले भाडादर निर्धारण गरेपनि जाजरकोटका यातायात ब्यवसायीहरुले चरम भाडा असुली गरेका छन । भाडादर असुली गर्दा खुलियाम रुपमा देखेका प्रहरी प्रशासन र सम्बन्धित निकायहरु भने बेखबर अबस्थामा रहेका छन ।