नेपाल प्रजातान्त्रिक मन्च अस्ट्रेलियाद्धारा जाजरकोटका बिपन्न परिवारलाई खाद्यान्न सहयोग ।

खलंगा – जाजरकोटको भेरी नगरपालिका भित्र रहेका १ सय ३ दलित तथा बिपन्न परिवारलाई नेपाल प्रजातान्त्रिक मन्च अष्ट्रेलियाले खाद्यान्न सहयोग गरेको छ । जयचन्द्र मिडिया ग्रुप प्रा.लि.जाजरकोटको समन्वयमा कोरोना महामारीका कारण रोजगार,गुमाएका,अति बिपन्न बिहान बेलुका हातमुख जोड्नलाई संकट परेका परिवारलाई खाद्यान्न नामक २५ किलो चामल र दुइ केजी दाल सहयोग गरिएको हो ।

बितरण कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका नेता सनतकुमार कार्की, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र काकी,वडा नम्वर ४ का वडाध्यक्ष खम्वजंग शाहर्, उपस्थिती रहेको थियो ।
नेपाल प्रजातान्त्रिक मन्च अष्ट्रेलियाका नेपाली कांग्रेस निकट मन्च हो ।

खाद्यान्न सहयोग भेरी नगरपालिकाका गैरीखाली, कुुदु, जगतिपुर र स्याउली वजारमा हस्तान्तरण गरिएको सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक के.सीले जानकारी गराए । तिहारले बेलपारीबाट मुस्की रहेको बेलामा बिपन्न परिवारहरुको घरमा बिहान बेलुका हातमुख जोड्नलाई पनि संकट परेको थियो । त्यसैले केही दिनलाई भएपनि खाद्यान्न सहयोग गरिएको फोन मार्फत नेपाल प्रजातान्त्रिक मन्च अष्ट्रेलियामा रहेका सुरेन्द्र सापकोटाले वताए ।

बितरण कार्यक्रममा उपस्थिती रहेका पत्रकार समाजसेवीहरु,स्थानीयले पहल तथा समन्वय गर्ने सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक केसी सहयोग गर्ने नेपाल प्रजातान्त्रिक मन्च अष्ट्रेलियाको टिमलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।