जाजरकोट – पछिल्लो महिनाको दोस्रो साता बृहत साहित्य कला बाचन कार्यक्रम

जाजरकोट – जिल्ला सदरमुकाम भेरी नगरपालिका ३ खलंगामा जाजरकोटी साहित्यिक आवाजले पछिल्लो महिनाको दोस्रो साता अथार्त पौष १५ को अवसर मिलाई श्रष्टा भेटघाट तथा बृहत रचना बाचन कार्यक्रम गर्ने भएको छ ।

शनिवार,साहित्य आवाजका अध्यक्ष “भावुक रिदम बाबुले बिगन्युज खबरलाई जानकारी गराउँदै – जिल्लाको साहित्यलाई संरक्षण तथा संर्बधन गर्न र बिभिन्न ग्रामीण बस्तीहरुका आवाजलाई बुल्द्ध पार्न साहित्य कार्यक्रम गर्न लागेको अध्यक्ष रिदमको भनाई रहेको छन ।

“श्रष्टा भेट्घाट रचना वाचन कार्यक्रममा जिल्ला भित्र रहेका साहित्यकारहरु तथा स्थानीय बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहने समेत समितीले जनाएको छ । कार्यक्रममा गजल,कविता,मुक्तक, बाचन गरिने भएको छ ।  यस भन्दा अगाडि जिल्ला भित्र साहित्यिक आवाज,बिभिन्न कार्यक्रम गर्दै आएको छ ।