शिक्षक रोकायले घुँडा टेकेर माफी मागे

जाजरकोट – बिद्यार्थीलाई कुटपिट तथा गालीगलौज गर्ने बारेकोट गाउँपालिका – ३ पहाडामुल्सामको दीपेन्द्र माविमा कार्यरत शिक्षक दीर्घराज रोकायले बिद्यार्थी सामु घुँडा टेकेर माफी मागेका छन ।   गत महिना – शिक्षक रोकायले जाँडरक्सी सेवन गरि बिद्यालय जस्तो पवित्र स्थानमा बिद्यार्थीलाई कुटपिट, तथा जातिय रुपमा स्थानीयहरुलाई गालीगलौज र धम्की दिएको अडियो बिभिन्न मिडियाहरुमा सार्वजनिक भयो ।

उक्त बिषयलाई लिएर यो महिनाको अघिल्लो साता माघ १८ गते, बिभिन्न पार्टीका बिद्यार्थी भातृ संगठन, स्थानीय सम्बन्धित निकाय, दलित अधिकारकर्मी, अन्य सरोकारवालाहरुको उपस्थितीमा शिक्षक रोकायले बिद्यार्थी सामु घँुडा टेकेर माफी मागेका हुन ।

आगामी दिनहरुमा यस्तो कार्य गरेमा सम्बन्धित निकायहरुबाट कडा कारबाही गर्ने वडाध्यक्ष मनबहादुर शाहीले बताए । यो शिक्षक रोकायको पहिलो हर्कत भएकोले उनलाई माफी दिएको दलित अधिकारकर्मीहरुको भनाई छ । यस्तो हर्कत अब नगर्ने, नगराउँने भनि बिद्यालयको निर्णयमा दस्तखत समेत गरेका थिए ।

दस्तखत गर्दै शिक्षक रोकायले भने, “ मान्छेको जिन्दगीमा कहिले भुल हुन्छ । मेरो जिन्दगीमा पनि यो एउटा भुल हो । आगामी दिनहरुमा यस्तो कार्य कहिले पनि गर्ने छैन ।” शिक्षक रोकाय दीपेन्द्र माविका नेपाली बिषयका राहत शिक्षक हुन ।